उपत्यकामा बिहानैदेखि सवारी साधन सामान्य रुपमै सञ्चालन

 साउन २९, २०७५ मंगलबार ८:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य रुपमा यातायातका साधन चलिरहेका छन् । 

बिहानैदेखि सामान्य रुपमा यातायातका साधन चलिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर लामो दूरीका यातायातका साधन भने हिजो अस्तिभन्दा कम चलेका छन् ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेपछि लामो दूरीका गाडी सञ्चालनमा प्रभाव परेको हो ।

काठमाडाैंबाट पूर्वका लागि छुट्ने यातायातका साधन चले पनि पश्चिमी क्षेत्रमा जाने यातायातका साधन खासै नचलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।

बन्द आह्वानका कारण उपत्यकाका धेरैजसो शैक्षिक संस्थामा भने बन्दको प्रभाव परेको छ । बिहानै खुल्ने विद्यालय तथा क्याम्पसमा पढाइ हुन सकेको छैन । यसले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Deepesh

    Aug. 14, 2018, 8:08 a.m.

    Purano photo halera gadi chalyaxa vanne yo online. Com.. Gadi ta chalya hola Tara suchana dida photo dekhauda actual ta dekhaunu paro ni.. Tyo dhobikhola ko pool ko side ma naya pool bandai xa hainara?? Kaile ko photo ho tyo gadi chaleko??

  •  0 Reply

तपाईको प्रतिक्रिया