सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
फिल्म ‘सुई धागा–मेड ईन ईन्डिया’को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा अभिनेता वरुण धवन र अनुष्का शर्माको मुख्य भूमिका रहेको छ । ट्रेलरमा अनुष्का र वरुण साधारण परिवारका श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् ।
फिल्म ‘सुई धागा–मेड ईन ईन्डिया’ श्रीमान श्रीमतीको कहानी हो । जसमा वरुण सामान्य जागिरे हुन्छन भने अनुष्का एक गृहणीको भूमिकामा देखिएकी छिन् ।
दिनहुँ मालिकको गाली र बेइज्जती सहदै आएका श्रीमानलाई श्रीमतीले आफैं केही गर्ने सल्लाह दिएपछि वरुणले सिलाईको व्यापार सुरु गर्छन् । जसमा अनुष्काले श्रीमतीको रुपमा श्रीमान वरुणको सिलाई व्यापारमा सहयोग गर्छिन् ।
यशराज फिल्म्सको निर्माण तथा मनिस शर्मा र शरत कटारियाको निर्देशनमा बनेको यो फिल्ममा श्रीमान श्रीमतीले गरेको संघर्षलाई देखाइएको छ । फिल्म ‘सुई धागा–मेड ईन ईन्डिया’ सेप्टेम्बर २८, २०१८ मा प्रदर्शन हुनेछ ।