म्याग्दीमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप

 मंसिर २०, २०७७ शनिबार १०:५३:२२ | रासस
unn.prixa.net

म्याग्दी - म्याग्दीमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप फैलिएको छ ।

सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोप देखिएपछि पाक्ने बेलामा पहेँलो भएर सुन्तला झर्ने समस्या छ । बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप बढेको हो ।

सुन्तलामा देखिएको औँसा किराबारे कृषि ज्ञान केन्द्र म्याग्दीले निरीक्षण र अवस्थाबारे अध्ययन सुरु गरेको छ । कृषि प्राविधिकको टोलीलाई परिचालन गरी बगैँचामै पुगेर रोकथामको लागि सर सल्लाह दिन थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

झरेका फलबाट अरु बोटमा समेत औँसाका किरा फैलने भएकाले झरेका फललाई व्यवस्थापन गर्न कार्यालयले अनुरोध गरेको छ । झरेका दानालाई प्लाष्टिकको झोलामा राखेर जमिनको सतहबाट एक फुट गहिरो खाडल खनेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाइ छ । त्यसका लागि कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो ।

म्याग्दीका ६ वटै पालिकामा ७ सय ६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गएकाे वर्ष दुई हजार ४ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गएकाे वर्षसमेत सुन्तलामा औँसाको प्रकोप लागेको थियो। यस वर्ष थप बढेको किसानले गुनासो गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया