चार महिनामा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७० प्रतिशतले घटे

 पुस ६, २०७७ सोमबार १७:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीको बीचमा पनि रेमिट्यान्स ११ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महिनामा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएकाे वर्षको पहिलो चार महिनाको तुलनामा ११ दशमलव २ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले बढेर दुई अर्ब ८५ करोड पुगेको छ ।

यस्तै साउनदेखि कात्तिकसम्मको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७५ दशमलव ८ प्रतिशतले घटेको छ  । चार महिनामा १९ हजार दुई सय ५१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पोहोर पहिलो चार महिनामा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ५ दशमलव ६ प्रतिशतले बढेको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६७ दशमलव ९ प्रतिशतले घटेर २५ हजार नाै सय ३१ जनामा झरेको छ । अघिल्लो वर्षको चार महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९ दशमलव १ प्रतिशतले बढेको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया