प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

 पुस १०, २०७७ शुक्रबार १३:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

बैठक बेलुका ६ बजे बस्ने छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा भङ्ग भएपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने अनुमान छ । 

यस्तै शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना  रहेको स्रोतले जनाएको छ । प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए ।

यसअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया