रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु

 पुस ११, २०७७ शनिबार ११:५१:२६ | हिमनाथ देवकोटा
unn.prixa.net

रसुवा - रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सुरु भएको हो ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम थालेको हो ।

मैलुङ-स्याफ्रु सडकखण्डमा १२ वटा पुल निर्माण हुनेछ । जसमा ४ वटा पुलको निर्माण कार्य सुरु भएको छ । बाँकी ८ वटाको डिजाइन सर्वेको काम भइरहेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । ‘हामीले सडक स्तरोन्नतिको काम निर्धारित समय अगाडि नै सकाउने गरी कामअघि बढाइरहेका छौं’उहाँले भन्नुभयो,‘यसका लागि ठेकेदारलाई निर्देशन दिने, ताकेता गर्ने तथा अनुगमन गर्ने काम भइरहेको छ ।’ 

मैलुङदेखि स्याफ्रुबेसीको दूरी १९ किलोमिटर रहेको छ । २०७५ जेठ ६ गते मैलुङ स्याफ्रु सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो । यो सडक बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया