नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार १३३

 पुस २२, २०७७ बुधबार १६:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा थप चार सय नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार (आज) ६ हजार सात सय ६ जनाको  पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई सङ्क्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६३ हजार एक सय ९३ पुगेको छ ।  

यस्तै गएको २४ घण्टामा चार सय ९५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ । 

साथै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ९९ पुगेको छ । 

नेपालमा बुधबार (आज) सम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार एक सय ३३ रहेको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया