कोरोनाविरुद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० देशमा मात्रै सीमित

 माघ २, २०७७ शुक्रबार ७:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले उत्पादन भएका कोरोनाविरुद्धको खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा मात्रै सीमित भएको छ ।

खोपको कुल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले जनाएको छ ।

अनलाइनमार्फत् पत्रकार सम्मेलन गर्दै डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले सामूहिक रूपमा कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न नसक्ने भएपछि अहिले ९५ प्रतिशत मात्रा १० देशमा मात्रै सीमित हुन पुगेको जानकारी गराउनुभयो ।

डब्ल्यूएचओले सबै देशमा खोप पठाउन काम गरिरहेको तर यसको लागि हरेक देशले योगदान पुर्याउन, अनुदान दिन र सहयोग पुर्याउन एवं खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक रहेको जनाएको छ ।

अहिलेसम्म विश्वभर तीन करोड २० लाख कोभिड–१९ विरूद्धको खोप प्रयोगमा आइसकेका छन् । रूस र केहीमध्ये एशियाली देशसहित डब्ल्यूएचओको युरोपेली क्षेत्रका ५३ देशहरूमध्ये ३१ देशमा खोप अभियान सञ्चालन गरेका पनि ‘आवर वर्ल्ड इन डाटा’ले उल्लेख गरेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया