कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्ने, किसान क्रेडिट कार्ड वितरण पनि आजैदेखि

 माघ ७, २०७७ बुधबार ७:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको थियो । तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतीमार्फत कृषि कर्जा प्रवाहको नेतृत्व लिन र त्यसका लागि कृषि ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ । मौद्रिक नीति जारी भएको झण्डै ६ महिनापछि बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

आज ५४ औँ वार्षिक उत्सवको अवसर पारेर कृषि ऋणपत्रको बिक्री र किसान क्रेडिटको वितरण सुरु गर्न लागिएको बैंकले जनाएको छ । पहिलो चरणमा जारी हुन लागेको ऋणपत्र २७ वटा बाणिज्य बैंक र नेपाल इन्फ्रास्टक्चर बैंकलाई बिक्री गर्ने बैंकको तयारी रहेको छ ।

यस्तै कृषि विकास बैंकले मौद्रित नीतिमा उल्लेख भएअनुसार आजदेखि किसानलाई किसान क्रेडिट कार्ड तथा एप वितरण गर्दैछ । क्रेडिट कार्ड राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुनेछ । तर, क्रेडिट कार्ड भनिए पनि सुरुमा किसानले बैंक खातामा तोकिएको रकम भने राख्नुपर्ने बैंकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया