उज्यालाेबाट प्रसारण हुने कार्यक्रम 'अजर अमर गीतहरू' एक हजार शृङ्खला पुग्याे

 माघ ८, २०७७ बिहिबार १६:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साहित्यकार तथा सर्जक प्रकाश सायमीले सञ्चालन गर्दै आउनुभएको उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने रेडियो कार्यक्रम 'अजर अमर गीतहरू' एक हजार श्रृङ्खला पुगेको छ ।

कला र संस्कृतिको संरक्षणका लागि विगत ६ वर्षदेखि 'अजर अमर गीतहरू' नामक कार्यक्रम प्रसारण हुँदै आएको छ । कार्यक्रम एक हजार श्रृङ्खला पुगेको अवसरमा ललितपुरको झम्सीखेलमा भएको स्रष्टा भेटघाट कार्यक्रममा गीतकार, साहित्यकार तथा सर्जकहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सङ्गीत क्षेत्रको रोयल्टी व्यवस्थापन हुन नसकेको र आउँदा दिनमा विदेशमा जस्तै नेपालमा पनि सङ्गीत क्षेत्रले पाउने रोयल्टीलाई व्यवस्थित बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा साहित्यकार तुलसी दिवसले 'अजर अमर गीतहरू' कार्यक्रमले पाठक र स्रोतामा सकारात्मक प्रभाव पारेको भन्दै यसको निरन्तरताको शुभकामना दिनुभयो ।

त्यस्तै गायिका सङ्गीता प्रधानले रेडियो कार्यक्रमले अजर अमर गीतसँगै गीतकार र सङ्गीतकारलाई जीवन्त राखेको बताउनुभयो ।

कार्यक्रममा उज्यालोको मातृसंस्था कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले कला, संस्कृति संरक्षणका लागि रेडियो कार्यक्रम “अजर अमर गीतहरू” प्रसारण हुँदै आएको बताउनुभयो । उहाँले यस कार्यक्रमले स्रोतासँगको सम्बन्धलाई जीवन्त राख्ने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया