प्रधानमन्त्री कप : प्रदेश २ र सुदूरपश्चिम तथा वाग्मती र लुम्बिनी खेल्दै

 माघ ११, २०७७ आइतबार ९:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री कप पुरुष क्रिकेटमा अहिले प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेश  तथा वाग्मती र लुम्बिनी प्रदेश खेलिरहेका छन्।

प्रदेश २ र सुदूरपश्चिमको खेल कीर्तिपुरको त्रिवि मैदानमा भइरहेको छ । टस हारेको प्रदेश-२ ले अहिले ब्याटिङ  गरिरहेको छ ।  दुवै टोली आज पहिलो जितको खोजीमा छन् । 

अहिलेसम्म खेलेका तीन खेलमा सुदूरपश्चिमले तीन वटैमा जित निकाल्न सकेको छैन भने प्रदेश २ ले पनि दुई खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । यस्तै वाग्मतीले मुलपानी क्रिक्रेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेका छ । 

समूह 'बी' को शीर्ष स्थानमा रहेको वाग्मती आज चौथो जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ । आजको खेल जिते वाग्मती सेमिफाइनलमा पुग्ने छ । 

तीन खेलमा तीनै खेल जितेको वाग्मती ६ अंककासाथ पहिलो स्थानमा छ । यस्तै, समूह 'बी' को दोस्रो स्थानमा रहेको लुम्बिनी ४ अंकका साथ दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया