इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
चिनियाँ सेन्सरसिप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गूगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् ।
विरोधस्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहितालाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ ।
गूगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् ।
तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दावी गरिएको छ । ड्रागनफ्लाई नामको गोप्य परियोजना गूगलले सञ्चालन गरिरहेको जानकारी सञ्चार माध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ ।
अमेरिकी सैनिकसँग भएको यस्तै एक सम्झौताका विषयमा गूगलमा कार्यरत हजारौं कर्मचारीले पत्र लेखेपछि गूगल व्यवस्थापनले यसै वर्षको जुन महिनामा उक्त सम्झौता नवीकरण गरेको थियो ।