जनकपुर यातायात कार्यालयमा अख्तियारकाे छापा, घुस रकमसहित दुई जना पक्राउ

 माघ १४, २०७७ बुधबार ९:३६:३५ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले जनकपुरको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ । गएराति करिब ६ घण्टा छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको हो । बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।

उनले गिरीलाई रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । कर्मचारीहरुले बिचौलियाको सेटिङमा यातायात व्यवस्था कार्यालयमा घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया