धनुषामा पाँच हजार घुससहित विद्युतका चार कर्मचारी पक्राउ

 माघ १७, २०७७ शनिबार ११:९:८ | धनवीर महतो
unn.prixa.net

त्तरी - अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले ५ हजार रुपैयाँ घुस रकमसहित ४ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार अख्तियारको टोलीले  धनुषाको महेन्द्रनगरमा रहेकाे नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केबर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र अन्तर्गत नो लाइट धनुषामा कार्यरत पाँचौ तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्ट्रिसियन यमकुमार महतो, दोस्रोतहका मनोहरकुमार महतो र ज्यालादारी प्राविधिक नवलकिशोर राउत रहेका छन् ।

कर्मचारीहरु मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा रहेकाे एक कुखुरा फर्म विद्युत जडान गरिदिए बापत सेवाग्राहीसँग गैरकानुनी रुपमा पाँच हजार घुस रकम लिएका अख्तियारले जनाएकाे छ । सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।

कर्मचारीको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने आयोगको कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया