उज्यालो समाचार प्रभाव : दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक पदमुक्त

 माघ २१, २०७७ बुधबार १३:१४:५५ | धनवीर महतो
unn.prixa.net

महेत्तरी – महेत्तरीमा दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक पदमुक्त भएका छन् ।

महोत्तरीको गौशाला—११ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कालिपुरका प्रधानाध्यापक देवनारायण महतो पद मुक्त भएका हुन् । महतोले दिवा खाजाको रकम हिनामिना गरेको खबर उज्यालोमा प्रसारण र प्रकाशन भएपछि यसबारे गौशाला नगरपालिकाको पहलमा छानबिन भएको थियो ।

विद्यालय व्यवस्थापन समितिले महतोलाई पदमुक्त गरेको हो । महतोले दिवा खाजा वापतको ४४ हजार रुपैयाँ विद्यालयको खातामा फर्काइदिएका नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । त्यस्तै प्रधानाध्यापक महतोले नागरिक लगानी कोष शिक्षक बीमा कोषबापतको रकम ९ हजार ६ सय, कर्मचारी संचयकोषमा ८५ हजार ३ सय ३३ रकम समेत बुझाइएको नगरपालिकाको शिक्षा शाखाले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया