पर्यटन मन्त्रालय तथा प्रज्ञा-प्रतिष्ठानद्वारा कविता र निबन्ध प्रतियोगिताकाे आयाेजना

 फागुन ७, २०७७ शुक्रबार १३:३९:२२ | रासस
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानले आज ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे छ । 

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएकाे कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिबिम्बन हुने गरी कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्ध माग गरिएको थियो । कविता र निबन्ध दुवै विधातर्फ प्रथमतर्फ ५० हजार रुपैयाँ, द्वितीयतर्फ ४० हजार रुपैयाँ र तृतीयतर्फ ३० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार रहेको सदस्य सचिव प्रा उपाध्यायले जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया