मनाइयाे अम्बर गुरुङकाे ८३ औँ जन्म जयन्ती

 फागुन १४, २०७७ शुक्रबार २०:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित नहुने बताउनुभएको छ । 

शुक्रबार नेपालको राष्ट्रिय गानका सङ्गीतकार वरिष्ठ कला साधक अम्बर गुरुङको ८३ औँ जन्म जयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले वर्तमान राजनीतिक उतारचढावका कारण सरकार विचलित नहुने बताउनुएको हो । 

राष्ट्र र राष्ट्रियताका लागि सरकारले अविचलित रूपमा काम गर्ने उहाँको भनाइ छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नै देशलाई सही दिशा र सही गन्तव्य दिने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिबाट देशलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय दृष्टिकोण बोकेको नेपाल सरकार कतै विचलित हुनेछैन । सरकारले अविचलित रूपमा नेपाल राष्ट्रको निम्ति, राष्ट्रियताको निम्ति सदा–सदा काम गर्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नै यो देशलाई सही दिशा र सही गन्तव्यमा पुर्‍याउनेछ भन्नेमा म विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री गुरुङले सङ्गीतकार अम्बर गुरुङको साङ्गीतिक क्षेत्र र राष्ट्रिय भावनाप्रति ओतप्रोत भएको कलाकारिताबाट सबैले राष्ट्रभक्ति प्रेरणा लिएर अगाडि बढे उहाँप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने बताउनुभयो ।

नेपाललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सङ्गीतकार गुरुङको योगदान रहेको भन्दै उहाँले गुरुङप्रति सम्मान व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया