भुटानमा अक्टोबर १८ चुनाव हुने

 भदौ ३, २०७५ आइतबार २०:४१:१० | रासस
unn.prixa.net

भुटानको निर्वाचन आयोगले आउँदो अक्टोबरमा आम चुनाव गर्ने घोषणा गरेको छ ।

त्यो चुनावपूर्व भुटानमा राजनीतिक पार्टीको मान्यता पाएका चार दलमध्ये आगामी सेप्टेम्बर १५ मा पहिलो चरणको चुनाव हुनेछ जसबाट दुईवटा दलमात्र अर्को चरणका लागि चयन भएर आउने छन् ।

भुटानमा राजाको सहमतिमा निर्वाचन आयोगका प्रमुखले टेलिभिजन कार्यक्रममार्फत चुनावको मिति घोषणा गर्ने व्यवस्था छ । भुटानको निर्वाचन ऐनको खण्ड १८९ ले आम चुनावलाई प्रारम्भीक र जनरल गरी दुई चरणमा गर्ने व्यवस्था गरेको छ ।

प्रारम्भीक चरणमा निर्वाचन आयोगबाट मान्यताप्राप्त सबै दलले प्रतिस्पर्धा गर्न पाउँछन् भने यसबाट छानिएका दुई दलले अर्को चरणमा चुनाव लड्नका लागि योग्य हुन्छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया