कालिमाटीमा व्यापारीले छेके अनुगमन टोलीलाई

 भदौ ४, २०७५ सोमबार ९:४२:९ | उज्यालो सहकर्मी

काठमाडौं – कालीमाटी तरकारी बजार अनुगमन गर्न सरकारी टोली गएपछि व्यापारीले अवरोध  गरेका छन्  । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीलाई व्यापारीले छेकेर नाराजुलुस गरिरहेका छन् ।

व्यापारीले बिहान अनुगमनमा गएको टोलीलाई गेटभित्र राखेर ब्यापारीले नाराजुलुस गरेका हुन् । अनुगमन टोलीले  कागजात विना बजार भित्रिएका केही गाडीलाई नियन्त्रणमा लिएपछि व्यापारीले विरोध गरेका हुन् । 

काठमाडौँको मुख्य थोक बजार कालिमाटीमा समेत उपभोक्ताले महंगोमा तरकारी खरिद गर्नु परेको गुनासो बढेपछि सरकारी टोली सोमबार विहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो ।

तर ब्यापारीको अवरोधका कराण अनुगमन प्रभावित भएको छ । तरकारी बारीबाट उपभोक्ताको भान्सासम्म पुग्दा तरकारी ८ गुणासम्म महंगो पर्ने गरेको छ । त्यस्तै तरकारी स्वथकर पनि नहुने भन्दै उपभोक्ता अधिकारकर्मीले आवाज उठाउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया