मालीकी एक महिलाले जन्माइन् नौ सन्तान

 बैशाख २३, २०७८ बिहिबार ११:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफ्रिकी  देश मालीमा एक महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छन् ।

पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर उनले नौ सन्तान जन्माएकी बीबीसीले जनाएको छ ।

 २५ वर्षकी हालिमा सिसेले पाँच छोरी र चार छोरा जन्मिएकी हुन् । उनीका पतिले आफू धेरै खुसी रहेको बताएका छन् । उनले भनेका छन् : “मेरा श्रीमती र बच्चाहरू स्वस्थ छन्, यसमा म धेरै खुसी छु।'

माली सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने भन्दै मोरोक्को पठाएको थियो । पश्चिम अफ्रिकी राष्ट्रका डाक्टरले आमा र बालबच्चा बचाउन गाह्रो हुने बताएपछि माली सरकारले उनलाई मोरोक्को पुर्याएको थियो । 

दुई हप्ता मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको थियो । सिसे र उनका बालबच्चा केही हप्तापछि माली फर्किने अपेक्षा गरिएको छ ।

मोरोक्कोमा पाँच हप्ता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेर बच्चाहरू जन्माइएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया