कर्णालीका नवनियुक्त दुई मन्त्रीले शपथ लिए

 जेठ ३, २०७८ सोमबार १९:३३:३७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभएका गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका सीताकुमारी नेपालीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार उहाँहरूलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । अब बाँकी रहेकाे सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय सरकारलाई विश्वासको मत दिएको कांग्रेसलाई दिएर सरकारमा सहभागी गराउने बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया