लमजुङमा अक्सिजन प्लान्ट निर्माण, पाेखरा जानुपर्ने बाध्यता हट्याे

 जेठ ८, २०७८ शनिबार १९:५२:६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा पहिलोपटक अक्सिजन प्लान्ट निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।

अस्पतालमा एक कोठा बनाएर अक्सिजन प्लान्ट निर्माण गरिएको र अहिले आवश्यक मेसिनहरु जडान भइरहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

‘गएको एक महिनादेखि नै अक्सिजन प्लान्टका लागि एक कोठे भवन बनाइएको हो । आज (शनिबार) मेसिनहरु ल्याएर अहिले धमाधम जडान भइरहेको छ,’ अस्पताल प्रमुख श्रेष्ठले भन्नुभयो, ‘सम्भवत: आजै रातिबाट अक्सिजन उत्पादन सुरु हुन्छ ।’

उहाँका अनुसार यस प्लान्टबाट दैनिक १५ अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न सकिने छ । अस्पतालमै अक्सिजन उत्पादन सुरु भएसँगै अक्सिजन सिलिण्डर भर्नका लागि पोखरा जानुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ ।

विशेषगरी कोरोना संक्रमितको उपचारका लागि लक्षित गर्दै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । अस्पतालको आइसोलेशनमा अहिले १७ जना कोरोना संक्रमित रहेका र तीमध्ये ७ जना कोरोना संक्रमितलाई अक्सिजन दिएर उपचार भइरहेको उहाँले बताउनुभयो ।

अक्सिजन उत्पादन सुरु भएपछि अस्पतालमा भर्ना भएका अक्सिजन दिनुपर्ने खालका बिरामीको उपचारमा सहज हुने स्वास्थ्य कार्यालय, लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो । उहाँका अनुसार अक्सिजन प्लान्ट निर्माणका लागि यस वर्ष गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको हो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया