कञ्चनपुरमा कर्फ्यू कायमै, सुरक्षा समितिको बैठक चल्दै

 भदौ ९, २०७५ शनिबार ९:०:१३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – तीन दिनदेखि तनावग्रस्त कञ्चनपुरको महेन्द्रनगरमा अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । 

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै दिनहुँ प्रदर्शन हुँदा तनावग्रस्त बनेपछि त्यहाँ अहिले कर्फ्यू लागेको छ । 

अस्ति बेलुकीदेखि कर्फ्यू लागेकोमा हिजो बिहान खुलाएपछि दिउँसो फेरि तनाव भएपछि बेलुकीदेखि लगाइएको कर्फ्यू अर्को आदेश नभएसम्मका लागि लागू हुने स्थानीय प्रशासनले जनाएको छ । 

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हिजो गोली चलाउँदा एक जनाको ज्यान गएको थियो । 

प्रदर्शनका क्रममा २४ जना घाइते भएका छन् । अहिले बसिरहेको सुरक्षा समितिको बैठक सकिएपछि के गर्ने भन्ने थाहा हुनेछ । निमर्लाको बलात्कार पछि हत्या भएको थियो । तर प्रहरीले हत्यारालाई पत्ता लगाउन चासो नदिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रँदा अवस्था तनावग्रस्त बनेको हो । 

त्यस्तै निर्मला हत्या प्रकरणको छानबिन गर्न बनेको गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको टोली कञ्चनपुर पुगे पनि अनुसन्धान सुरु गर्न सकेको छैन । 

शुक्रबारबाटै घटनाको छानबिन गर्ने भनिए पनि शुक्रबार बेलुकाको घटनापछि अनुसन्धान प्रक्रिया प्रभावित भएको छ ।

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि चल्याे गाेली, अाफ्नै हाेटेलमा बसेका किशाेरकाे मृत्यु

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया