एकैपटक १० बच्चा जन्मिए भनेर विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो !

 असार १०, २०७८ बिहिबार १०:३८:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एकैपटक १० वटा बच्चा जन्मिएका भनेर दुई हप्ता अघि विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो रहेको पाइएको छ ।

जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएको खबर बीबीसीले प्रकाशन गरेपछि एकै पटक १० बच्चा जन्मिएको चर्चा विश्वभर भएको थियो । तर थप अनुसन्धानमा ती महिला यस पटक गर्भवती समेत नभएको पाइएको बीबीसीले जनाएको छ ।

एकैपटक १० बच्चा जन्माएको भनिएकी महिलाका केटा साथी अर्थात् जन्मिएका भनिएका बच्चाका बुवा तेबोगो सोतेत्सीले बच्चा जन्मिएको बारेमा जानकारी दिएका थिए । त्यही जानकारीको आधारमा अफ्रिकाको प्रान्तीय सरकारले बधाई दिएको थियो भने बीबीसी लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले खबर लेखेका थिए । तर बच्चा जन्माएको भनिएकी महिलाका केटासाथीले सुत्केरी भनिएका महिलासँग भेट गर्न नसकेपछि बच्चा जन्मिएको भनिएको लुइ पास्चर प्राइभेट हस्पिटलमा सम्पर्क गरेका थिए । तर त्यो अस्पतालले गोसियामे थमारा सिथो नामका कोही गर्भवती भर्ना नभएको र अस्पतालमा १० वटा बच्चा नजन्मिएको बताएपछि खबर झुटो रहेको थाहा भएको हो ।

तेबोगो सोतेत्सीले महिलासँग सामाजिक सञ्जालमार्फत कुराकानी हुँदा बच्चा जन्मिएको जानकारी पाएको भन्दै अहिले खबर झुटो भएकोले १० बच्चाका लागि सहयोग नगर्न समेत अपिल गर्नुभएको बीबीसीले जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा ती महिला यस पटक गर्भवती समेत नभएको पाइएकोले उनको मानसिक स्वास्थ्य जाँच भइरहेको अफ्रिकाको गौतेङ प्रान्तको सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया