‘सुई धागा’ को पहिलो गीत सार्वजनिक

 भदौ ११, २०७५ सोमबार १५:५८:२० | एजेन्सी
unn.prixa.net

फिल्म ‘सुई धागाः मेड इन इण्डिया’ को ट्रेलर रिलिज भएदेखि यस फिल्मकी मुख्य अभिनेत्री अनुष्का शर्माको लुकको मजाक उडाउदै कयौं मिमहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । आज यस फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । 

फिल्ममा अनुष्का शर्मा र अभिनेता वरुण धवनको मुख्य भूमिका रहेको छ । 

आज सार्वजनिक ‘चाव लागा’ बोलको पहिलो गीतमा श्रीमान–श्रीमतीको भूमिकामा रहेका वरुण र अनुष्का बीचको प्रेमलाई देखाईएको छ । 

फिल्म ‘सुई धागाः मेड इन इण्डिया’ मा एक गरिब श्रीमान मौजी र  श्रीमती ममताको कहानी रहेको छ । जहाँ मौजी सानोतिनो जागिर गर्छन । जो जागिरका क्रममा धेरै बेइज्जती सहिरहेका हुन्छन भने  ममता गृहणी हुन्छिन । यी दुवैले पछि आफ्नै सिलाईको व्यापार सुरु गर्दाको संघर्षलाई फिल्ममा देखाइएको छ । 

निर्देशक शरत कटारियाको निर्देशनमा बनेको यो फिल्म यही सेप्टेम्बर २८ मा प्रदर्शन हुनेछ । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया