इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
पाल्पा - सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डमा ढुंगा खसेर एक जनाको ज्यान गएको छ ।
मोटरसाईकलमा सवार रम्भा गाउँपालिका–४ का ३४ वर्षीय मोहन रेश्मीको माथिबाट खसेको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ । रेश्मी शुक्रबार बिहानै नेपालगञ्ज हिँडेका उहाँका आफन्तले जनाएका छन् ।
पहिरोका कारण विहीबार रातिदेखि अवरुद्ध पाल्पा बुटवलको बाटो शुक्रबार बेलुकी ५ बजे मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।