भारतमा जिन्सको कपडा लगाएको निहुँमा किशोरीको हत्या

 साउन १२, २०७८ मंगलबार १२:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको उत्तर प्रदेशमा जिन्सको कपडा लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ। प्रहरीले किशोरीका हजुरबुबा र काकाले हत्या गरेका बताएको छ ।

जिन्सको पाइन्ट नलगाउन भने पनि नमाने पछि किशोरीमाथि कुटपिट भएको अनुसन्धानबाट खुलेको छ । कुटपिटकै कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न भएका हजुरबुबा र काकालाई प्रहरीले पक्रेको छ । गएको ४ गते पूजाका लागि निस्किएकी किशोरीले जिन्सको पाइन्ट र टप्स लगाएकी थिइन् । तर हजुरबुबाले त्यो कपडा लगाएर नजान भनेका थिए ।

जवाफमा किशोरीले आफूले कपडा नफेर्ने बताएकी थिइन्। यही विषयमा विवाद हुँदा किशोरीमाथि कुटपिट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उनी घाइते भएकी भन्दै उपचारका लागि अस्पताल लैजाने भन्दै घरबाट १६ किलोमिटर टाढा रहेको एउटा पुलबाट नदीमा फालिदिएका थिए ।

तर किशोरीको शव पुलको ग्रीलमा नै अड्किएको थियो । पुलमा शव देखेपछि प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहको भारतीय प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया