मलेसियाबाट फर्किएर गाउँमै नर्सरी स्थापना, बर्सेनि सात लाख रुपैयाँसम्म कमाउँदै

 भदौ १०, २०७८ बिहिबार १५:११:४५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – चार वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बिताउनुभएका दोरम्बा गाउँपालिका १ मेघ्रेका राजन खड्का अहिले गाउँ फर्किएर आफ्नै जग्गामा नर्सरी स्थापना गरेर बर्सेनि लाखाैँ रुपैयाँ कमाउन सफल हुनुभएकाे छ ।  

राजनले सात वर्षअघि रामेछापमा राेजगारी खोज्दै धेरै पटक सदरमुकाम लगायतका ठाउँ धाउनुभयाे । जिल्लामा रोजगारी नपाएपछि उहाँ रोजगारीकै लागि काठमाण्डाै लाग्नुभयाे । उहाँले काठमाण्डौमा पनि सोचेजस्तो काम पाउनुभएन । त्यसपछि राजनले धेरै पैसा कमाउने आश बाेकेर मलेसिया जाने निधो गर्नुभयाे । उहाँ आवश्यक कागजात तयार गरेर एजेन्टमार्फत तत्कालै मलेसिया जानु पनि भयाे ।  

तर मलेसिया पुग्नुभएका राजनले त्यहाँ पनि सोचेजस्तो काम पाउनुभएन । जसाेतसाे गरेर उहाँले मलेसियामा चार वर्ष पसिना बगाउनुभयाे । त्यसपछि उहाँले नेपाल फर्कने र गाउँमै कृषि व्यवसाय सञ्चालन गर्ने निधो गर्नुभयाे । मलेसियामा कमाएको पैसा लिएर उहाँ नेपाल फर्किनुभयाे ।  

मलेसियामा रहँदा उहाँलाई आफ्नाे देश, परिवार र जग्गाजमिन झलझल आँखामा आउँथ्यो । विदेशमा बस्दा गरेको दुःख र बगाएको पसिना सम्झेर राजनले नर्सरी स्थापना गर्नुभयाे । 

उहाँले अहिले किबी, जुनार, सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आउनुभएकाे छ । घरका सदस्यसँग रमाउँदै आफ्नै तीन रोपनी खेतमा नर्सरीबाट बर्सेनि चारदेखि सात लाख रुपैयाँसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयाे । राजनले भन्नुभयाे, ‘धेरै कमाइ हुन्छ होला भनेर परिवार छाडेर अर्कैको देशमा गएँ । आखिर त्यहाँ पनि पैसा फल्ने बोट हुँदो रहेनछ । दुःख नै गर्नुपर्दा आफ्नै गाउँमा गर्छु भन्ने लागेर आफ्नै देश फर्किएँ ।’  

उहाँलाई नर्सरीमा रहेका बिरुवा गोडमेल गर्ने, पानी हाल्ने लगायतका काममा उहाँकी श्रीमती तुलसीले पनि साथ दिँदै आउनुभएकाे छ । खड्का दम्पती दैनिक घरको काम सकेर बाँकी रहेको समय नर्सरीलाई दिँदै आएका छन् । नर्सरीमा उत्पादन भएका बिरुवा खरिद गर्न रामेछापका साथै सिन्धुली, काभ्रे, भक्तपुर लगायतका जिल्लाबाट किसानहरू गाउँमै आउने गरेको खड्का बताउँछन् । 

राजन भन्नुहुन्छ, ‘अहिले नर्सरीमा उत्पादन भएको बिरुवा माग धेरै भएको समयमा पुर्‍याउनै सकिँदैन । कुनै वर्ष त्यति धेरै माग आउँदैन । नर्सरीमा बिरुवा ठूलो बनाएर राखेर बिक्री गर्नुपर्ने अवस्था आउने गर्छ । अहिले आफ्नै गाउँमै बसेर परिवारसँगै काम गर्न पाउँदा धेरै खुसी लागेको छ ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया