उप–प्रधानमन्त्री यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका युवकको ज्यान गयो

 भदौ १६, २०७५ शनिबार १९:५२:३१ | भावुक योगी

बर्दिया – बर्दियामा उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका ४ जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

यही भदौ ७ गते यादवलाई कालो झण्डा देखाउने क्रममा गुलरियाबाट पक्राउ परेका ४ जना युवामध्ये बाँकेको जानकी गाउँपालिकाका राममनोहर यादव  बिरामी भएपछि काठमाडौं ल्याइएको थियो । प्रहरी हिरासतमै बिरामी भएपछि उनलाई उपचारका लागि काठमाडाैं ल्याइएकाे हाे ।

उनको आज शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । पक्राउ परेका अन्य तीन जना युवकहरु  प्रहरी हिरासतमै रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • सन्तोष कुमार योगि

    Sept. 2, 2018, 10:35 a.m.

    राम मनोहर यदव प्रति प्रहरी कै जोर - जुलुम र धक्क्ल - पक्कल अलि बढी नै भएको हुनसक्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया