पहिरोसँगै खसेको ढुङ्गाले लागेर राेल्पामा आमा–छाेरीको ज्यान गयो

 असोज ६, २०७८ बुधबार १३:५६:२६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – पहिरोसँगै खसेको ढुङ्गा लागेर रोल्पामा आमा–छोरीको ज्यान गएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उहाँकी दुई वर्षीया छोरी कृतिकाको ज्यान गएको हो ।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुङ्गा लागेर लड्दा आमा–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताउनुभयो ।

ढुङ्गा लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो ।

यसैगरी विवाह भोज खाएर फर्कने क्रममा लडेर रोल्पा नगरपालिका ३ खुमेलका ४४ वर्षीय तीर्थलाल थापाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया