टाटा मोटर्सको  दशैँ अफर अन्तर्गत चार भाग्यशाली विजेता घोषित

 असोज १९, २०७८ मंगलबार १०:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले “यसपालि जाँदैन हात खाली” भन्ने दशैँ योजनाअन्तर्गत चार जना भाग्यशाली विजेता घोषणा गरेकाे छ ।

कम्पनीले हरेक हप्ता बुकिङ गर्ने ग्राहकहरुमध्ये एक ग्राहकलाई लक्की ड्र मार्फत ४० इञ्चकाे स्मार्ट टीभी प्रदान गर्ने भनेकोमा अहिलेसम्म चार जना भाग्यशाली विजेता घोषित गरिसकेको छ । 

अफर सार्वजनिक गरेको पहिलो हप्तामा १९७ वटा बुकिङ, दोश्रो हप्ता ३६९ बुकिङ, तेश्रो हप्ता २२२ बुकिङ र चौथो हप्तामा ५६० बुकिङ प्राप्त भएको कम्पनीले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यसमा क्रमश दिलबहादुर थापा (ट्रक–टिपर), चौधरी ट्रेडर्स (पिकअप), आर के स्टिल फर्निचर उद्योग (कार्गो) र श्री कृष्ण दूध सङ्कलन तथा बिक्री फर्म (सानो ट्रक–टिपर) विजयी भएका हुन् । विजेता घोषणा कार्यक्रम हरेक शुक्रवार बेलुकी ७ बजे कम्पनीको फेसबुक पेज “टाटा मोटर्स ट्रकस् एण्ड बसेस नेपाल” बाट लाइभ गरिएको थियो ।

पछिल्लो समयमा देखिएको ग्राहकहरुको बढ्दो सहभागितालाई ध्यानमा राख्दै असोज १४ गतेसम्मलाई तोकिएको दशैँ योजना असोज २५ गतेसम्मलाई लागू गरिएको छ । यस दशैँ योजनामा  बुकिङ गर्दा, खरिद गर्दा, हरेक हप्ताको लक्की ड्र र बम्पर लक्की ड्र गरी चार पटकसम्म उपहार जित्ने मौका प्राप्त हुन्छ ।

योजना सम्बन्धी थप जानकारी वा बुकिङका लागि ग्राहकहरुले नजिकैको सिप्रदी ट्रेडिङको शाेरुममा सम्पर्क गर्न सक्नेछन् वा ९८०११०७६०० मा मिसकल गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया