सडक दुर्घटनामा दुई जनाको ज्यान गयो

 असोज २३, २०७८ शनिबार १८:१३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फरक फरक ठाउँमा भएका सडक दुर्घटनामा परि दुई जनाले ज्यान गुमाएका छन् । शनिबार संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ​संखुवासभाकाे खाँदबारी नगरपालिका वडा नम्बर २ चेवामा प्रदेश १–०२–००३ त १२ २४ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा चालक मणि तामाङका् ज्यान गएको प्रहरीले जनाएको छ । खाँदबारी नगरपालिका वडा नम्बर ५ लेलुवा घर भएका २५ वर्षका तामाङको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ज्यान गएको हो । सहचालक महेन्द्र तामाङलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

यस्तै आजै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा जीपको ठक्करबाट एक बालकको ज्यान गएको छ । रुपनी गाउँपालिका–६ का तुलसी चौधरीका १० वर्षका छोरा सुशीलको ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । ना २ च ३७५४ नम्बरको जीपको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया