रोल्पाको त्रिवेणी गाउँपालिका–५ बालश्रम मुक्त वडा घाेषणा

 मंसिर १६, २०७८ बिहिबार २०:३०:४८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – कुनै पनि बालबालिका श्रममा नभएको पुष्टि गर्दै त्रिवेणी गाउँपालिका ५ बालश्रम मुक्त वडा घोषणा भएको छ ।

त्रिवेणी गाउँपालिकाको बालश्रम मुक्त गर्ने तीन वर्षे रणनीति योजना र लक्ष्य पूरा भएको भन्दै गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले पालिकाकाे पहिलो वडाको रूपमा वडा नं. ५ जुगारलाई बालश्रम मुक्त घोषणा गर्नुभएकाे हाे ।  'असल अभिभावक, सुरक्षित बालबालिका : सुखी र समृद्ध त्रिवेणी गाउँपालिका' मूल नाराका साथ त्रिवेणी गाउँपालिकाले बाल श्रम निवारणसम्बन्धी रणनीति योजना २०७५—२०७७ निर्माण गरी कार्यान्वयन गरेको हो । 

याे रणनीति योजना निर्माण र कार्यान्यवन गर्न सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले सहजीकरण गरेको वडा नं. ५ का अध्यक्ष कृष्ण केसीले बताउनुभयाे । 

परम्परागत रूपमै पहिलेदेखि नै रोल्पाबाट विद्यालय उमेरका बालबालिका इँटा भट्टा लगायतका जोखिमपूर्ण श्रममा जाने समस्या रहँदै आएकोमा त्रिवेणी गाउँपालिकाले त्यसको निवारणका लागि पहल गरेको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयाे ।  

बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५ अन्तर्गत त्रिवेणी गाउँपालिकाले नेपालमै पहिलो बालश्रम मुक्त पालिका बन्नका लागि प्रयास गरेको हो । बालश्रम निवारणका लागि यसअघि सेभ द चिल्ड्रेन र हुरेक नेपाल रोल्पाले तीन वर्षसम्म शिक्षा, बाल संरक्षण र जीविकोपार्जन सम्बन्धी एकीकृत कार्यक्रम सञ्चालन गर्दै आएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया