सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सल्यान – सल्यानको बागचौर नगरपालिका ४ सेतोगुराँसमा भदौ १२ गते घर भत्किएर पाँच जनाले ज्यान गुमाएको घटनामा बाँच्न सफल तीन बालिकाको नाममा प्रशासनले बैंक खाता सञ्चालन गरिदिएको छ ।
घटनामा ५ जनाले ज्यान गुमाएका थिए भने एक बालिका बाँच्न सफल भएकी थिइन् । यस्तै २ जना बालिका भने साथीको घरमा गएका कारण बाँच्न सफल भएका थिए । घटनामा बाँचेका तीन बालबालिकालाई आर्थिक संकलन गर्नका लागि बैंकमा खाता खोलिएको प्रशासनले जनाएको छ ।
१३ वर्षीया कमला विक, ९ वर्षीया सुनिता विक र १० वर्षीया पुतला कामीको नाममा हजुरबुबा देवीराम कामी संरक्षक रहने गरी खाता सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो ।
मुक्तिनाथ विकास बैंकमा खाता नम्बर ०४३२०७००३९३२६००००००१ रहनेगरीे सुनौलो बाल बचत खाता खोलिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
केही दिनअघि कर्णाली सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार मन्त्री खड्ग बहादुर खत्रीले पीडित परिवारलाई प्रति मृतक ३० हजारका दरले १ लाख ५० हजार राहत हस्तान्तरण गर्नुभएको थियो ।
कर्णाली सरकारको तर्फबाट प्राप्त रकम पनि बालबालिकाको नाममा बैंकमा जम्मा गरिसकिएको ढकालले बताउनुभयो ।
पीडित बालिकाहरुलाई सहयोग स्वरुप अन्य सहयोगी दाताहरुले पनि राहत रकम जम्मा गर्न चाहेमा सो बैंकको खातामा जम्मा गर्न सकिने उहाँले बताउनुभयो ।