आउँदो चुनाव ‘मोदी भर्सेस भारत’ हुन्छ : येचुरी

 भदौ २३, २०७५ शनिबार ६:२७:३७ | एजेन्सी
unn.prixa.net

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले आउँदो लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दलको उम्मेदवार को भन्ने विमर्श नै अनुचित भएको बताएका छन् । 

भारतीय जनता पार्टीबाट प्रधानमन्त्री मोदीलाई नै निरन्तरता दिने तयारी भएका बेला येचुरीले विपक्षीबाट उम्मेदवार को बन्छ भन्ने कुराले फरक नपार्ने बताउँदै आउँदो चुनाव ‘मोदी भर्सेस भारत’ हुने बताएका छन् । शुक्रबार कांग्रेस नेता कपिल सिब्बलको पुस्तक ‘शेड्स अफ् ट्रुथ’ को विमोचन कार्यक्रममा येचुरीले आउँदो चुनाव वर्तमान सरकारलाई हटाउनका लागि हुने बताए । उनले भने, ‘आउँदो चुनाव यो सरकारलाई हटाउनका लागि हुनेछ । यो चुनाव नेताहरुबीच हुनेछैन । यो चुनाव मोदीविरुद्ध भारत हुनेछ ।’

त्यस्तै लोकतान्त्रिक जनता दलका नेता शरद यादवले यसभन्दा पहिले पनि बिना नेता नै विपक्षी गठबन्धनले चुनावमा सफलता हासिल गरेको बताए । उनले भने, ‘१९७७ मा मोरारजी देसाईलाई चुनावपछि प्रधानमन्त्री चुनिएको थियो । १९८९ मा भीपी स्रिह र १९९० मा एचडी देवेगौडालाई पनि चुनावपछि नै विपक्षी गठबन्धनले प्रधानमन्त्रीका रुपमा चुनेका थिए ।’
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया