बंगलादेशविरुद्धकाे प्लेइङ ११: विशाल रार्इ र अञ्जनकाे ठाउँमा भरत खवास र निराजन खड्का

 भदौ २३, २०७५ शनिबार १६:२६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज घरेलु टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनल प्रवेशका लागि निर्णायक मानिएको खेल ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा आज साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।

नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको खेलमा भन्दा एक परिवर्तन गरेका छन् । उनले मिडफिल्डर विशाल राईको स्थानमा भरत खवासलाई सरुआती ११ मा राखेका छन् । त्यस्तै अञ्जन विष्टको स्थानमा निराजन खड्का सुरुआती सेटमा परेका छन् । भुटानविरुद्धको खेलमा यी दुवैले सब्स्टिच्युट खेलाडीका रुपमा आएर प्रभावशाली प्रदर्शन गरेका थिए ।

टोलीका नियमित कप्तान बिराज महर्जन र अनुभवी स्ट्राइकर नवयुग श्रेष्ठलाई आज पनि बेञ्चमा राखिएको छ । पाकिस्तानबिरुद्धको पहिलो खेलमा भने यी दुईले प्लेइङ सेटमा रहेर खेलेका थिए । टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् ।

बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीमा किरण चेम्जोङ, गोलरक्षक (कप्तान), दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, आदित्य चौधरी सुजल श्रेष्ठ, रोहित चन्द, निराजन खड्का, सुनील बल, बिमल घर्तीमगर र भरत खवास रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • डिल्ली प्रसाद ढकाल

    Sept. 8, 2018, 4:54 p.m.

    राम्रो छनाेट गर्नुभएछ सफलताको शुभकामना नेपाली टिमलाई ।

  •  0 Reply

तपाईको प्रतिक्रिया