प्रसिद्ध उपन्यास ‘एक चिहान’को मञ्चन

 पुस ३, २०७८ शनिबार १५:२०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’लाई नाटककाे रुपमा मञ्चन गरेर देखाउन थालिएको छ ।

सांस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरुलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न यस उपन्यासलाई नाट्यमा रुपान्तरण गरी मञ्चन गरिएको हो । काठमाण्डौको जमलमा रहेकाे राष्ट्रिय नाचघरमा शनिबारबाट यस नाटकको मञ्चन सुरु गरिएको छ ।

वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन समयमा नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ । सामाजिक जागरण र प्रगतिशील विचारहरु यस उपन्यासमा रहेका छन । साँस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरुको अभिनय रहेको नाटकलाई कलाकार विरेन्द्र हमालले निर्देशन गर्नु भएको छ ।

२०१०/११ सालको काठमाण्डौ उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ । नाटकको अन्त्यमा त्यही समाज आर्दश उन्मुख रहेको देखाइएको छ । अन्त्य दुःखान्त भए पनि विचारले समाज सुधार र रुपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश यस नाटकमा देखाउन खोजिएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया