थापालाई प्रधान सेनापतिकाे दर्ज्यानी चिन्ह प्रदान

 भदौ २४, २०७५ आइतबार १३:२८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – आइतबार  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

राष्ट्रपति समक्ष नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

समारोहमा उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, माननीय गृहमन्त्री, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी , सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो ।

सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।  उहाँले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गर्नुभयो । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिनुभएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया