गाउँपालिका महासंघका अध्यक्षकै गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्टाचार

 भदौ २४, २०७५ आइतबार १५:३:२० | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्ट्रचार भएको नयाँ तथ्य खुलेको छ । 

गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठकै गाँउपालिकमा यस्तो बेथिति देखिएको छ । 

बलेफीदेखी तेम्बाथान जाने मोटरबाटो गाउँपालिकाकै ठूलो र महत्वपूर्ण सडक हो । गाउँपालिकाको महत्वपूर्ण बाटो निर्माण समिति गठन गर्ने बेलामा जम्मा ३१ जना उपस्थित गराएर उपभोक्ता समिति बनाएको पाइएको छ । जसमा आधा दर्जनभन्दा बढी त गाउँपालिकाका कर्मचारीमात्र रहेका छन् । 

असारको सुरुदेखि नै मुनलाइट हाइड्रोपावर, गेलुङ खोला हाइड्रोपावरबाट एक्स्क्याभेटर लगेर बाटो खनिए पनि अध्यक्ष श्रेष्ठको निर्देशनमा उपभोक्ता समिति गठन गरी ५८ लाख २० हजार रुपैयाँ निकासा गरिएको रहस्य बाहिरिएको हो ।

देवेन्द्र शाक्यको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति असार २५ गते गठन गरे पनि मिति सच्च्याएर वैशाख २५ मै गठन गरेको बनाइएको छ ।

जुगल गाउँपालिकाका गजेन्द्र थापाले अख्तियारमा साउन १६ गते उजुरी दर्ता गरेसँगै यो तथ्य सार्वजनिक भएको हो । अख्तियारमा उजुरी दर्ता नम्बर १४४२ रहेको छ ।

थापाले बाटो हाइड्रोपावरको डोजरले खनेको भए पनि रातारात उपभोक्ता समिति गठन गरेर ५८ लाख निकासा भएको चाल पाएपछि अख्तियारमा उजुरी गर्नुभएको हो । कोठमा बसेर नक्कली हस्ताक्षर गरी गाउँपालिकाको अध्यक्षकै निर्देशनमा उपभोक्ता समिति बनाएको उजुरी पत्रमा उल्लेख छ । 

हाइड्रोपावर कम्पनीसँग कुरा गर्दा हाइड्रोले समेत प्रयोग गर्ने बाटो भएकोले निशुल्क रुपमा डोजर उपलब्ध गराएको पाइएको छ । 

डोर हाजिर फाराममा काम नै नगरेका स्थानीयवासीको नाम लेखी दैनिक ज्याला समेत लिएको भनी नक्कली भर्पाइ गरी पैसा निकालेको चाल पाएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • shyaman shrestha

    Sept. 11, 2018, 3:14 p.m.

    महोदय ,पत्रकार किरण थापा५८लाख भ्रष्टाचारको प्रमानित तपाईंले गरिदिन पर्यो।त्यस पछि हामी जुगलको जनताले के गर्नु पर्यो ?प्रमानित गरिदिए आभारी हुनेथ्हे हामी जनता लाई किन ? गलत समाचार सम्प्रेषण गरेर किन भ्रम मा पार्नुहुन्छ?

  •  0 Reply

तपाईको प्रतिक्रिया