टाटा मोटर्सको ‘गुरुक्षेत्र’ प्रतियोगिता : नेपालबाट २ हजार जना 'टाटा गुरु' सहभागी

 पुस १३, २०७८ मंगलबार १०:३८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा माेटर्सले टाटा ब्रान्डका गाडीकाे मर्मत गर्दै आएका मेकानिक्सलाई लक्षित गर्दै गुरुक्षेत्र प्रतिस्पर्धाकाे आयाेजना गरेकाे छ । 

 नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदी अटो पार्ट्ससँगकाे समन्वयमा नेपालमा यो प्रतिस्पर्धा सुरु भएको हो ।

 यस याेजना अन्तर्गत नेपालबाट दुई हजार टाटा गुरुले सहभागिता जनाएका छन् ।  आयाेजनालाई विश्वभर छरिएर रहेका टाटाका मेकानिक्सहरुको क्षमता जाँच गर्ने प्रतिस्पर्धाका रुपमा लिइएको  कम्पनीले जनाएकाे छ ।

 पहिलो चरण अन्तर्गत देशभरका ९ वटा सेन्टरबाट टाटा गुरुहरुको लिखित परिक्षा सञ्चालन भएको सिप्रदी अटो पार्ट्सका महाप्रबन्धक युवराज बुढाथोकीले बताउनुभयाे । 

उहाँले पहिलो चरणको परीक्षामा हरेक सेन्टरबाट उत्कृष्ट अङ्क हासिल गर्ने ३/३ जना गरी कुल २७ जना टाटा गुरु छनोट हुने बताउनुभयाे ।  यसरी छनोट भएका टाटा गुरुहरुको दोस्रो चरणमा स्किल टेस्ट र अन्तर्वार्ता गरिने छ । 

दोस्रो चरणमा उत्कृष्ट हुने ३ जना गुरुले फाइनलमा प्रतिस्पर्धा गर्न भारत जाने अवसर पाउने छन् । यसरी विश्वभरबाट आएका उत्कृष्ट गुरुहरुको भारतमा प्रतिस्पर्धा भइ अन्तिममा विजेता हुनेले महागुरुको उपाधि पाउने छन् ।

महाभारतको कुरु क्षेत्रको  अवधारणमा आयोजना भैरहेको यो प्रतिस्पर्धाले नेपाली मेकानिक्सहरुको वास्तविक क्षमता जाँच हुने विश्वास लिइएको छ । बुढाथाेकीले भन्नुभयाे, ‘यो प्रतिस्पर्धामा सहभागी भएर टाटा गुरुहरुले आफ्नो सिप र क्षमताको स्तर थाहा पाउनेछन् ।'

प्रतिस्पर्धामा विजेता हुनेहरुले आफ्नो सीप र क्षमता अभिवृद्धी गर्न टाटा मोटर्सको तर्फबाट विभिन्न प्रकारका तालिम लिने अवसर पाउने सिप्रदीले जनाएकाे छ । विजेताले नगद पुरस्कारको साथै अन्य विभिन्न प्रकारका उपहार समेत पाउनेछन् । 

टाटा मोटर्सले आयोजना गरेको यो प्रतियोगिताले मेकानिक्सहरुलाई के–कस्ता प्रकारका तालिम तथा सेमिनारको आवश्यक पर्ने हो भनेर समेत पत्ता लगाउन सहयोग पुग्ने बुढाथोकीको बुझाइ छ ।

टाटा गाडीको मर्मत सम्भार तथा सर्भिसिङ र जेन्युअन पार्ट्ससँग सम्बन्धित विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु अयोजना गर्दै आइरहेको सिप्रदी अटो पार्ट्सले टाटा च्यापियन जोन र टाटा गुरु अभियान जस्ता रचनात्मक कार्यक्रमहरुको आयाेगना गर्दै आइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया