आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
बैतडी – बैतडीमा सोमबार अपरान्ह २ वटा यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् ।
महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ बांगाबगर नजिक बस एक आपसमा ठोक्किँदा २८ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
महेन्द्रनगरवाट दार्चुलाका लागि छुटेको ना ६ ख ७४२० नम्बरको बस र गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ७५४७ नम्बरको बस अपरान्ह साढे चार बजे बांगाबगरमा ठोक्किएका हुन् ।
घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । बस ठोक्किनुको कारण खुल्न सकेको छैन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।