कालीगण्डकी करिडोरले नेपालीको भाग्यरेखा कोर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

 भदौ २५, २०७५ सोमबार १९:५५:१६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड भएको बताउनु भएको छ । 

दुई ठूला शक्तिशाली अर्थनीति भएका छिमेकी मुलुक जोड्ने सबैभन्दा छोटो सडक भएकोले उक्त सडक महत्वपूर्ण भएकोउहाँको भनाई रहेको थियो । 

सोमबार कालीगण्डकी करिडोर सडक योजनाअन्र्तगत रिँडी–रुद्रवेणी सडक खण्डको सार्वजनिक यातायात शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कालीगण्डकी करिडोरले समृद्धिमा विशेष भूमिका खेल्ने बताउनुभएको हो ।  ‘चीन र भारतजस्ता छिमेकी देश जोड्ने ३ सय ५० किलोमिटर सडक नेपालको आर्थिक विकासको मेरुदण्ड हो । यो सडकसँग धार्मिक र सांस्कृतिक महत्व समेत जोडिएको छ’, उहाँले भन्नुभयो ।

लुम्बिनी, मुक्तिनाथ र मानसरोवरजस्ता धार्मिक तथा सांस्कृतिक महत्व भएका स्थलहरुलाई समेत करिडोरले जोडेको छ । कालीगण्डकी करिडोरलाई नेपालीहरुको भाग्यरेखा कोर्ने सडक भएको मन्त्री ज्ञवालीले तर्क गर्नुभयो । उहाँले चिनियाँ समकक्षीहरुसँग कुरा भइरहेको र यस्ता योजनाहरुमाथि देशहरुको सहयोग मिल्ने कुरामा आफू विश्वस्त रहेको पनि दावी गर्नुभयो ।

नेपाली सेनाले रिडी–रुद्रवेणी सडक खण्डलाई चार महिनामा १० मिटर चौडा पारेको छ । गुल्मीको प्रवेशद्वार रिडीदेखि आठ किलोमिटर रुद्रवेणीसम्म सेनाले बाटो चौडा पारेको हो । सेनाले कुल १० करोड बजेटमा निर्माण कार्य सम्पन्न गरेको बताएको छ ।

सडक निर्माण चलिरहेकाले चार महिनादेखि सडकमा यात्रु तथा सवारी साधन आवज–जावत गर्न सकेका थिएनन् । सडक शुभारम्भ कार्यक्रमपछि भने यो सडक सोमबार अपरान्हदेखि नै सञ्चालनमा आएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया