नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 भदौ २६, २०७५ मंगलबार ७:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । साेमबार राति १ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ को जलविरे, कालीखोला र चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।  पहिरो पन्छाउन डोजर पठाइएको पनि प्रहरीले जनाएको छ । मुग्लिन नरायणगढ सडकखण्डको अरु भागमा पनि स–साना पहिरो खसेका छन् । सोमबार पनि पहिरोका कारण केही घण्टा बाटो अवरुद्ध भएको थियो । 

सोमबार बेलुकी ५ बजे खसेको पहिरो साढे ६ बजेतिर हटाइएपछि गाडी चलेका थिए  । तर राति फेरि ठूलो पानी परेकाले पहिरो खस्दा गाडीको आवागमन ठप्प भएको छ । सडक बन्द हुँदा हजारौ यात्रु सडकमै अलपत्र परेका छन् । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया