ऋण लिएर गाडी नकिन्न अर्थमन्त्री खतिवडाको आग्रह

 भदौ २६, २०७५ मंगलबार १४:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट नाडा अटो– शो सुरु भएको छ । 

सवारी साधनहरुको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाइल्स एशोसिएशन अफ् नेपालले नाडा अटो शो आयोजना गरेको हो । अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी खरिद नगर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले ऋण लिएर गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्नेतर्फ व्यवसायीहरुलाई सचेत पनि गराउनुभयो ।  

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको अटो मोवाइल्स क्षेत्रको प्र्रवद्र्धनमा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले मुलुकको व्यापार घाटालाई कम गर्न पनि अटो मोबाइल्स क्षेत्रले योगदान दिनसक्ने पनि स्मरण गराउनुभयो ।

शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ । अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरुको सहभागिता रहेको छ । ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन । अटो मोबाइल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया