तेलंगानामा बस दुर्घटना :  ४५ जनाको ज्यान गयो

 भदौ २६, २०७५ मंगलबार १७:५:१२ | एजेन्सी
unn.prixa.net

तेलंगानामा एक बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ । कोंडागटूटको एक मन्दिरबाट जगित्याल जाँदै गरेको राज्य परिवहन निगमको बस नालीमा खसको थियो । 

एक स्थानीय प्रहरी अधिकारीले बीबीसीलाई दुर्घटनामा परि ४५ जनाको ज्यान गएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘अहिलेसम्म ४५ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएकोे छ भने उद्धारको कार्य भइरहेको छ ।’ 

भारतका राष्ट्रपति रामनाथ कोविन्दले दुर्घटनाबारे शोक व्यक्त गर्दै ट्वीट गर्नुभएको छ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया