वरिष्ठ साहित्यकार ताना शर्माको निधन

 फागुन ३, २०७८ मंगलबार १२:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई ताना शर्मा भनेर पनि चिनिन्छ ।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका शर्मा ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनुहुन्थ्यो । साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ ।

डा.शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि २०२६ सालमा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येटी गरिने परिवारले जानकारी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया