बनेपामा टाटा माेटर्सकाे नयाँ शोरुम सञ्चालनमा

 फागुन ९, २०७८ सोमबार ११:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काभ्रेको बनेपामा टाटा मोटर्सको नयाँ शोरूम सञ्चालनमा आएको छ ।

टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बनेपामा नयाँ शाेरुमकाे विस्तार गरेकाे हाे । टाटाले प्यासेन्जर कार बिक्रीका लागि लक्ष्मी अटो ग्रुपलाई यस क्षेत्रको डिलरका रुपमा नियुक्त गरेकाे छ ।

बनेपामा आउटलेट खुलेसँगै देशभर टाटा मोटर्सको १९ वटा आउटलेट पुगेकाे छ । 

सिप्रदीका प्यासेन्जर कार विजनेश युनिट प्रमुख शावन्तजङ्ग सिजापतिले लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयाे । उहाँले  ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकको सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा आफूहरु सकारात्मक रहेकाे बताउनुभयाे । 

यस्तै लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा आफूले निकै गर्व महसुस गरेकाे बताउनुभयाे । 

बनेपाको यो नयाँ आउटलेटबाट यस क्षेत्र आसपासका उपभोक्ताहरू लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

यसभन्दा अघि टाटा मोटर्सले काठमाण्डौ, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिरहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुनसरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुर सहित देशका १९ ठाउँमा रहेकोे आउटलेटबाट ग्राहकलाई निरन्तर सेवा पुर्याइरहेको छ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया