आफूलाई जबर्जस्ती गर्न खोजेपछि बालिकाले हानेको रडले लागेर ‘हजुरबुवा’ को ज्यान गयो

 भदौ २८, २०७५ बिहिबार १५:४२:२८ | दीपक भट्ट

रामेछाप – तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले ६५ वर्षीय हजुरबुवाको ज्यान गएको छ ।

आफूलाई जबर्जस्ती गर्न खोजेपछि नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरका ६५ वर्षीय हजुरबुवाको ज्यान गएको हो । बिहीबार बिहान घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी नातिनीलाई हजुरबुवा पर्नेले नै जबर्जस्ती गर्न खोजेका हुन् । 

हजुरबुवाले बल प्रयोग गरेर लडाउन खोजेपछि बालिका हात फुत्काएर भाग्न सफल भएकी थिइन् । त्यसपछि बालिकाले आफ्नो घरमा आएर फलामको रड लिएर पूनः हजुरबुवाको घरतर्फ गएकी थिइन् । उनको घरमा पुग्नेबित्तिकै बालिकाले हजुरबुवालाई रडले हानेको र हजुरबुवाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

घटनामा प्रयोग भएको रडसहित बालिकाले प्रहरी चौकी रामेछापमा आत्मसमर्पण गरेकी छिन् । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा घटनास्थलमा प्रहरी पठाएको जानकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • Shankar

    Sept. 13, 2018, 7:43 p.m.

    अन द स्पट नभएर पछि घटना भएको हुनाले कतै कसैले प्रतिशोधमा वालिकालाई परिचालन गरेको हुन सक्छ /यस्तै गरि आरोप लगाउने र ज्यान लिने घटनाले प्रश्रय पाउन पनि सक्छ ...सोचाई हो या होइन अनुसन्धान हुनु पर्ने देखिन्छ / एउटी बालिका माथि यस्तो हुनु आफैमा नराम्रो कुरा हुँदा पनि कसैको ज्यान जानु अझै नराम्रो कुरा हो /

  •  0 Reply
  • Localkanxamho

    Sept. 13, 2018, 5:09 p.m.

    यसरी नै आफ्नो सुरक्षा गर्न जनचेतना फैलाउन पर्‍यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया