सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
डोटी - डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडा गाउँमा ८ जना हेपाटाइटिस ‘बी’ का बिरामी (संक्रमित) भेटिएका छन् ।
सामाजिक विकास मन्त्रालयको रोग नियन्त्रण महाशाखा तथा स्वाथ्य निर्देशनलय काठमाडांैबाट आएको टोलीले गाउँका एक सय १२ जनामा गरेको रगत परीक्षणबाट ४ जनामा हेपाटाईटिस ‘बी’ को संक्रमण फेला पारेको हो ।
डाक्टर विकास दवाडीको नेतृत्वमा आएको टोलीले संक्रमितहरु फेला पारेको स्थानिय भरत कुँवरले जानकारी दिनुभयो ।
यसअघि स्थानीय मेडिकलमा रगत परीक्षण गर्दा अन्य चारमा पनि रोगको संक्रमण फेला परेको सामाजिक बिकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘स्वास्थ्य निर्देशनालयबाट गएको चार जनाको टोलीले जाँच गर्दा र चार जनामा संक्रमण फेला परेको छ, सबैको स्वास्थ्य उपचारका लागि पहल भईरहेको छ ।’
हेपाटाईटिस ‘बी’ को संक्रमण तथा अनुसन्धानका लागि मन्त्रालयले सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरिरहेको उपचार संलग्न डाक्टर दवाडीले बताउनुभयो ।
‘हामी उपचारात्मक, प्रवद्र्धनात्मक र प्रतिकारात्मक सेवाका लागि सक्रिय रुपमा लागि परेका छौं, उहाँले भन्नु भयो ‘रोगको विषयमा कसैले पनि अनावश्यक र गलत प्रचार नगरिदिए हुन्थ्यो ।’