फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने प्रक्रिया सुरु : मन्त्री गहतराज

 फागुन १३, २०७८ शुक्रबार २०:३०:२४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने प्रक्रिया सुरु भएको बताउनुभएकाे छ । आज शुक्रवार धनगढीमा नेपाल क्रिकेट सङ्घ (क्यान) को विशेष साधारण सभा उद्घाटन गर्ने क्रममा बोल्दै मन्त्री गहतराजले रङ्गशाला बनाउने प्रक्रिया सरकारले सुरु गरिसकेको जानकारी गराउँदै त्यो देशको सबैभन्दा ठूलो खेलकुद पूर्वाधार हुने दाबी गर्नुभयाे ।  

‘पूर्वाधार राम्रो भयो भने हामी थुप्रै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू नेपाल ल्याउन सक्छौँ । तर हाम्रा पूर्वाधार असाध्यै पुरानो अवस्थामा छन् । दया लाग्ने अवस्थामा छन्’, उहाँले भन्नुभयाे, ‘हामी पहिलो पटक देशको सबैभन्दा ठूलो पूर्वाधार निर्माणको अभियानमा छौँ । केन्द्र, प्रदेश र स्थानीय सरकारकाे साथै जनस्तरको साझेदारीमा यो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने भनेका छौँ ।’ 

मन्त्री गहतराजले ‘खेलकुदमा राजनीति घुसेपछि’ अपेक्षित प्रगति गर्न नसकेको बताउनुभयाे । क्यानकाे साधारण सभा उद्घाटन गर्ने क्रममा बोल्दै उहाँले राजनीतिका कारण खेल क्षेत्र पनि विभाजित भएको र अगाडि बढ्न मुस्किल परेको स्वीकार गर्नुभयाे । 

मन्त्री गहतराजले खेलाडी उत्पादनको क्रम चलिरहेका कारण खेल क्षेत्रमा आशा गर्ने वातावरण कायम रहे पनि खेलाडीलाई खेलमा मात्र समर्पित भएर लाग्ने अवस्था सिर्जना मुख्य चुनौतीको विषय भएको विचार राख्नुभयाे । 

सरकारले खेलकुदलाई अत्यन्तै कम प्राथमिकतामा राखेको स्वीकार्दै मन्त्री गहतराजले त्यही कारण खेल व्यवस्थापन कठिन बनेको बताउनुभयाे । खेल क्षेत्रका लागि मन्त्रालयले शून्य दशमलव साेह्र प्रतिशत मात्र बजेट पाएकोमा गुनासो पोख्दै उहाँले खेलकुदलाई सरकारकाे तर्फबाट अनुत्पादक क्षेत्रको रूपमा व्यवहार भइरहेको गुनासाे गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया